PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

अमेरिका र अस्ट्रेलियासहित युरोपियन देशका राजदूतहरु बिहानै पुगे खुमलटार, प्रचण्डलाई भने : शान्ति प्रक्रियाको नेपाली मोडल सफल होस्



पहिलोपोस्ट

अमेरिका र अस्ट्रेलियासहित युरोपियन देशका राजदूतहरु बिहानै पुगे खुमलटार, प्रचण्डलाई भने : शान्ति प्रक्रियाको नेपाली मोडल सफल होस्

काठमाडौं : नेपालका लागि विभिन्न देशका राजदूतहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। आज बिहान खुमलटार पुगेर राजदूतहरुले प्रचण्डसँग छलफल गरेका हुन्।

संयुक्त राष्ट्रसंघका लागि आवसीय प्रतिनिधि रिचार्ड हवार्ड, अमेरिकी राजदूत र्‍यान्डी बेरी, बेलायती राजदूत न्यान्सी पेलोसी, अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क लगायत स्विटजरल्यान्ड र युरोपियन युनियनका राजदूतहरु भेटका क्रममा सहभागी थिए। उनीहरुले भेटका क्रममा नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेको भन्दै प्रचण्डलाई आफूहरुको सकारात्मक सहयोग र सद्भाव जारी रहने बताएका थिए।

राजदूतहरुले नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको बताएका थिए। उनीहरुले शान्ति प्रक्रियाको नेपाली मोडल सफल हुनेमा विश्वस्त रहेको बताएका थिए। उनीहरुले गम्भीर मानव अधिकार उल्लंघनको घटना र पीडितहरुको पुनरावेदनको अधिकारका बारेमा प्रचण्डसँग चासो राखेका थिए।

राजदूतहरुसँगको छलफलका क्रममा प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए। विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संवेदनशिलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भइरहेको प्रचण्डले राजदूतहरुलाई जानकारी गराएका थिए।

सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन आफूहरु सफल हुने विश्वास प्रचण्डले व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell