PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

हेटौंडाका दुई उद्योगमा सिलबन्दी, अनुगमनमा अखाद्य वस्तु उत्पादन र बिक्री गरेको भेटियो



पहिलोपोस्ट

हेटौंडाका दुई उद्योगमा सिलबन्दी, अनुगमनमा अखाद्य वस्तु उत्पादन र बिक्री गरेको भेटियो
Photo : जिप्रका, मकवानपुर

काठमाडौं : मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा संचालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ। मानिस र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा शुक्रवार औद्योगिक क्षेत्रमा अनुगमन टोली खटिएको थियो। सोही टोलीले अनामिका खाद्य उद्योग र भ्याली फिड प्रालि उद्योगमा सिलबन्दी गरेको हो।

अनामिका उद्योगले २०७६ सालदेखि खाद्यपदार्थको अनुज्ञापत्र नलिएर गैरकानुनीरुपमा खाद्य पदार्थको उत्पादन गरी संचालन गरिरहेको पाइएको थियो भने भ्याली फिड उद्योगले उत्पादन गरेको बोरामा उत्पादन मिति र उपभोग्य मिति नलेखेर उपभोक्तालाई ठगी गरेका पाइएको थियो। दुवै उद्योगविरुद्ध कानुनी प्रक्रिया पूरा नभएसम्म सिलबन्दी रहने प्रशासनले जनाएको छ।

यस्तै, भ्याली फिडको १३ हजार केजीको नौ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको २६० बोरा  दाना  बिक्री वितरणमा प्रशासनले रोक लगाएको छ। साथै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितिका लागि निर्देशनसमेत सहायक प्रमुख जिल्ला अधिकारी गैरेले दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell