PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

इन्धनको मूल्यवृद्धि नियन्त्रण र फोहोर व्यवस्थापनमा प्रकाशमा सिंहको चासो



पहिलोपोस्ट

इन्धनको मूल्यवृद्धि नियन्त्रण र फोहोर व्यवस्थापनमा प्रकाशमा सिंहको चासो

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। शनिवार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उदघाटन कार्यक्रममा सम्बोधन गर्दै उनले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्नेमा जोड दिएका हुन्। 

सिंहले भने, ‘अटोमेटिक प्रासिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन। सरकारले अलिकति पहल गर्नुपर्‍यो।’

स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन। यसबाट सरकारको आलोचना भइरहँदा सिंहले महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने बताएका हुन्।

यस्तै, उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने बेला भइसकेको बताए।

उनले फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै भने, ‘हामीले गरेका कामबाट समुदायले राहत महसुस गर्नुपर्छ। यसलाई राजनीतिकरण गर्नु हुँदैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell