PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

राष्ट्र संघलाई जापोरिजा परमाणु केन्द्र अनुगमन गर्न दिन पुटिनले दिए 'ग्रिन सिग्नल'



पहिलोपोस्ट

राष्ट्र संघलाई जापोरिजा परमाणु केन्द्र अनुगमन गर्न दिन पुटिनले दिए 'ग्रिन सिग्नल'
Photo : Reuters

रुसियाले जापोरिजा परमाणु केन्द्रमा अनुगमन गर्न दिने भएको छ। रसियाली राष्ट्रपति भ्लादमीर पुटिन सो परमाणु केन्द्रमा संयुक्त राष्ट्रसंघलाई अनुगमन गर्न दिन सहमत भएका हुन्।

फ्रान्सका राष्ट्रपति एमान्यूल माक्रोनसँग टेलिफोन वार्तापछि पुटिनले यस्तो घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ।

युक्रेनसँग युद्धमा रहेको रसियाको नियन्त्रणमा रहेको सो परमाणु केन्द्रबारे पछिल्लो समय प्रश्न उठ्दै आएको थियो। मार्चदेखि रसियाले नियन्त्रणमा राखेको सो केन्द्रको अवस्थाबारे आफूहरु निकै चिन्तित भएको राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले बताएका थिए। उनले परमाणु क्षेत्र वरिपरि सैन्य गतिविधि रोक्न माग गर्दै अनुगमनका लागि प्रवेश गर्न दिन पुटिनलाई आग्रह गरेका थिए। सो केन्द्रमा अझै युक्रेनी प्राविधिकहरु काम गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell