PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

जी २० सम्मेलनमा पुटिन र सी सहभागी हुने, होला बाइडेनसँग वार्ता ?



पहिलोपोस्ट

जी २० सम्मेलनमा पुटिन र सी सहभागी हुने, होला बाइडेनसँग वार्ता ?
Photo : Gettyimages

चीनका राष्ट्रपति सि जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन नोभेम्बरमा हुने ‘ग्रुप अफ २० समिट’मा सहभागी हुने भएका छन्। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सि र पुटिनको सहभागिताबारे पुष्टि गरेका हुन्।

रसियाले युक्रनेमाथि आक्रमण गरेपछि र ताइवान तनावबिच हुन लागेको सो ‘ग्लोबल समिट’ लाई महत्वका साथ हेरिएको छ।

सी सन् २०२० को जनवरीदेखि चीनबाहिर निस्किएका छैनन्। कोरोना महामारीपछि सीको यो पहिलो विदेश यात्रा हुनेछ।

जी २० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसमेत सहभागी हुने बताइएको छ। त्यसक्रममा उनले पुटिनलाई भेट्ने नभेट्नेबारे भने अहिलेसम्म केही बताइएको छैन। अमेरिकाले जी २० बाट रसियालाई हटाउनुपर्ने माग राख्दै आएको छ। सम्मेलनका क्रममा सी र बाइडेनबिच भने भेट हुन सक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell