PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भूमिहीनका लागि आवेदन खुला



रासस

बैतडीः राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ। 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो। राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समितिका जिल्ला अध्यक्ष धर्मसिंह ऐरका अनुसार जिल्लाका छ पालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई आवेदन दिन भनिएको छ।

मेलौली नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवदेन दिन सूचना प्रकाशन गरिएको हो। पञ्चेश्वर गाउँपालिकाका लागि यसअघि नै सूचना प्रकाशन भइसकेको छ । डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकासँग भने सम्झौता गर्न नै बाँकी रहेको ऐरको भनाइ छ।

 नभएकालाई जमिनको व्यवस्थापन गर्ने उद्देश्यले लगत सङ्कलनमार्फत आवदेन सङ्कलन गरिनेछ। उनले भने, “राष्ट्रिय भूमि आयोगले सूचना प्रकाशन गरेपछि हामीले पनि पालिकालाई पत्र पठाइसकेका छौँ । यकीन तथ्याङ्क सङ्कलन गरेर समस्यामा परेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पहल गर्छौं।”

 आयोगले देशका विभिन्न पालिकामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सूचना प्रकाशन गरेको जनाइएको छ। योसँगै बैतडीका छसहित सुदूरपश्चिमका सात पहाडी जिल्लाका ३८ स्थानीय तहका लागि आवेदन खुला गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell