PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

गएको तीन महिनामा सवारी दुर्घटना बढ्यो, मृत्यु हुनेको संख्या पनि बढ्दो



पहिलोपोस्ट

गएको तीन महिनामा सवारी दुर्घटना बढ्यो, मृत्यु हुनेको संख्या पनि बढ्दो

काठमाडौं : पछिल्लो तीन महिनामा सवारी दुर्घटना बढेर गएको छ। गएको बैशाख, जेठ र असार महिनामा ६ हजार ३ सय ५९ वटा सवारी दुर्घटना भएका हुन्।

त्यस्तै, अघिल्लो वर्षको सोही समयमा ३ हजार ८ सय ९१ वटा दुर्घटना भएका थिए। यस्तै, दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ।

तीन महिनामा ७ सय ३३ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ। अघिल्लो वर्षको सोही अवधिमा सवारी दुर्घटनामा ५ सय ५७ जनाको मृत्यु भएको थियो। मृत्युदर ३१ प्रतिशतले वृद्धि भएको हो।

पछिल्ला केही वर्ष देशभित्र हुने सडक दुर्घटना बढेर गएको छ। आर्थिक वर्ष २०७७/७८ देशभर २० हजार ६ सय ३४ वटा सडक दुर्घटना भएका थिए।

त्यसअघिको आर्थिक वर्ष २०७६/७७ मा १५ हजार ५ सय ५४ वटामात्र सडक दुर्घटना भएको देखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा सडक दुर्घटनाको संख्या १३ हजार ३ सय ६६ रहेको छ।

सडक दुर्घटना बढेसँगै दुर्घटनामा परेर मर्ने मानिसहरूको संख्या पनि बढेर गएको देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा ११ प्रतिशतले सडक दुर्घटनामा मृत्यु हुने मानिसको संख्या बढेको छ।

आर्थिक वर्ष २०७७/७८ मा २ हजार ५ सय १३ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा २ हजार २ सय ५१ जनाको मृत्यु भएको हो। तर, आर्थिक वर्ष २०७५/७६ मा भने दुर्घटना मर्नेहरूको संख्या २ हजार ७ सय ८९ रहेको थियो।

दुर्घटनामा परेर गम्भीर घाइते हुने मानिसको संख्या पनि बढ्दै गएको देखिए। गम्भीर घाइतेहरूको संख्या पनि ३९ प्रतिशतभन्दा बढी देखिन्छ।

आर्थिक वर्ष २०७७/७८ मा विभिन्न सवारी दुर्घटनामा ६ हजार ४ सय ५३ जना मानिस गम्भीर घाइते भएका छन्। सबैभन्दा धेरै सवारी दुर्घटनामा पर्नेहरू मोटरसाइकल चालक नै रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell