PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

गृहमन्त्री खाण र नारायणकाजी श्रेष्ठले अस्पताल पुगेर भेटे नेता गिरिलाई



रोजन श्रेष्ठ

गृहमन्त्री खाण र नारायणकाजी श्रेष्ठले अस्पताल पुगेर भेटे नेता गिरिलाई

काठमाडौं : काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न नेताहरु मेडिसिटी अस्पताल पुगेका छन्। गिरिको स्वास्थ्य अवस्था बुझ्न शनिवार गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ मेडिसिटी पुगेका हुन्।

नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। निकट स्रोतका अनुसार बिहीवारदेखि उनको स्वास्थ्य अवस्था थप जटिल बनेको हो।

भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको छ। भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो।

गिरिको स्वास्थ्य बुझ्न केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा अस्पताल पुगेका थिए। यस्तै, बुधवार साँझ सभामुख अग्निप्रसाद सापकोटाले पनि गिरिको उपचारबारे अस्पतालमा पुगेर जानकारी लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell