PahiloPost

Jan 27, 2026 | १४ माघ २०८२

सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुन्छ : एमाले सचिव रायमाझी



पहिलोपोस्ट

सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुन्छ : एमाले सचिव रायमाझी
फाइल फोटो।

चितवन : नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन्। प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए।

नेपाली काङ्ग्रेस बाहेकका दलहरु पटक-पटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले भने, ‘लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन।’

दलहरु स्वार्थ केन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उनले त्यसलाई एमालेले स्वीकार नगरेको बताए। एमालेले देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ लैजान खोजेको रायमाझीको भनाइ थियो।

उनले भने, ‘वैचारिक र राजनीतिक रुपमा देशको समृद्धिका लागि समाजवादमा पुग्ने एजेन्डा एमालेसँग छ। त्यो एजेन्डा मिल्नेसँग सहकार्य गठबन्धन हुन्छ।’

लक्ष्य बिनाको चुनावी गठबन्धन एमालेले नगर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell