PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पर्सामा को-को बन्दैछन् प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार? मुख्यमन्त्रीदेखि मन्त्रीसम्मको चर्चा



राधेश्याम पटेल

पर्सामा को-को बन्दैछन् प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार? मुख्यमन्त्रीदेखि मन्त्रीसम्मको चर्चा

वीरगंज : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको चहलपहल पर्सामा पनि सुरु भएको छ। पर्साको चार वटै क्षेत्रमा आकांक्षीहरुको सरगर्मी सुरु भएको हो।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरुले चुनावमा उम्मेदवार हुनेबारे जानकारी गराइरहेका छन्। यद्यपि, सत्ता गठबन्धन र एमालेले टिकटको टुंगो लगाइसकेका छैनन्। गठबन्धनमा कुन पार्टीको कुन उम्मेदवारले कुन क्षेत्रमा चुनाव लड्ने भन्नेबारेमा अहिले टुंगो लागेको छैन। एमालेले आन्तरिक रुपमा मात्रै टिकट वितरणको गृहकार्य गरिरहेको छ।

पर्सामा चार वटा प्रतिनिधिसभा सदस्य र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र छन्।

वन मन्त्रीको चर्चा

पर्सामा प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नम्बर १ मा वन तथा वातावरण मन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का नेता प्रदीप यादव, काङ्ग्रेसका अनिल रुगंटा, अजय कुमार द्विवेदी, एमालेका बसरुद्दीन अन्सारी, क्षेत्र नम्बर २ मा काङ्ग्रेसका अजय चौरसिया, राजेन्द्र बहादुर आमात्य, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विमल श्रीवास्तवलगायतको चर्चा छ। एमालेले अहिले उम्मेदवार टुंग्याउन सकेको छैन।

क्षेत्र नम्बर ३ मा एमालेका राजकुमार गुप्ता, काङ्ग्रेसका सुरेन्द्र चौधरी, जसपाका मोहनलाल चौधरी, पूर्व सांसद हरिनारायण रौनियारकी छोरी डा मधु रौनियार, नेपाल सुशासन पार्टीबाट राजकुमार यादवलगायतको चर्चा छ भने क्षेत्र नम्बर ४ मा काङ्ग्रेसका रामेश रिजाल, एमालेका जालिम मिया, जयप्रकाश थारु, उर्मिला अर्याल, टेकबहादुर शाक्यलगायतको चर्चा छ।

मुख्यमन्त्री राउत पनि आकांक्षी

प्रदेशतर्फ क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’मा जसपाका नेता एवं मुख्यमन्त्री लालबाबु राउत, जन्नत अन्सारी, काङ्ग्रेसका अरविन्द गुप्ता, विजय सर्राफ, सुधीर पटेल, लोसपाका ओमप्रकाश सर्राफ, एमालेका शम्भु गुप्ता, सुन्दर कुर्मी, विचारी यादवलगायतको चर्चा छ भने क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’मा लोसपाका रमेश कुर्मी, जसपाका रामनरेश यादव, काङ्ग्रेसका राजेश्वर साह तेली, श्याम पटेल, नितेन्द्र साह तेली, रामरुप कुर्मीलगायतको चर्चा छ।

यसैगरी, क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’मा लोसपाका प्रहलाद गिरी, काङ्ग्रेसका जनार्दनसिंह क्षेत्री, जसपाका मन्जुर अन्सारी, स्वतन्त्रबाट रामबाबु यादव, प्रमोद जैसवाललगायतको चर्चा छ। क्षेत्र नम्बर ४ को ‘क’ र ‘ख’मा जसपाका सिगाहसन साह कलवार, एमालेका ठाकुर प्रसाद न्यौपाने, बलिराम साह तेली, टेकबहादुर शाक्य, काङ्ग्रेसका शंकर चौधरी, नेकपा (माओवादी केन्द्र)का मोहम्द सल्लाउद्दीन अन्सारीलगायतको चर्चा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell