1.jpg)
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा देव गुरुङलाई प्रस्ताव गरेका छन्। शनिवार बसेको स्थायी कमिटीको बैठकमा महासचिवमा गुरुङलाई प्रस्ताव गरिएको हो। पार्टीका पदाधिकारीको नाम स्थायी कमिटीको बैठकमा प्रस्ताव गरिएको हो। बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र महासचिवमा गुरुङको नाम पर्दा उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रस्ताव गरिएको छ।
उपमहासचिव ७ जना को नाम छ। वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल उपमहासचिव का लागि प्रस्तावित छन्। यस्तै ९ जना सचिव हुने भएका छन्। दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव चयन गर्ने तयारी भइरहेको छ। श्रीराम ढकाल कोषाध्यक्ष चयन भएका छन्। महासचिवका लागि शर्मा र पुनबिच तिब्र प्रतिस्पर्धा थियो। तर,प्रचण्डले दुबै जनालाई नछानेर गुरुङलाई महासचिवमा अघि सारेका हुन्।
माओवादी केन्द्रले महाधिवेशन सम्पन्न भएको ८ पहिनापछि मात्रै पदाधिकारी चयन गर्दै छ।