PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु



पहिलोपोस्ट

थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ९९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ३३७ जनामा परीक्षण गर्दा २ सय ९९ जनामा संक्रमण देखिएको हो।

१ हजार ६७० पीसीआर परीक्षण गरिएकोमध्ये १८० जनामा र २ हजार ६६७ एन्टीजेन परीक्षण गरिएकोमा ११९ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ५ सय ७७ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय २५ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप २ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म ११ हजार ९ सय ९२ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell