PahiloPost

Jun 15, 2025 | १ असार २०८२

काङ्ग्रेसले घोषणा गर्‍यो ‘जनताको साथमा काङ्ग्रेस’ अभियान, तीन चरणमा सञ्चालन हुने



पहिलोपोस्ट

काङ्ग्रेसले घोषणा गर्‍यो ‘जनताको साथमा काङ्ग्रेस’ अभियान, तीन चरणमा सञ्चालन हुने

काठमाडौं : नेपाली काङ्ग्रेसले ‘जनताको साथमा काङ्ग्रेस’ अभियानको घोषणा गरेको छ। शनिवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन लक्षित अभियानको घोषणा गरिएको हो।

अभियान तीन चरणमा सञ्चालन हुने बताइएको छ। पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिने भएका छन्। ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा पालिका कार्यसमितिहरुले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने काङ्ग्रेसले जनाएको छ।

अभियान अन्तर्गत मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई काङ्ग्रेसले अपील गर्नेछ। त्यस्तै, जनताको घर-आँगनमा पुग्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरुबारे विविध ढंगले अन्तरक्रिया गर्ने अभियानको उद्देश्य रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell