PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

केनको गोलमा संघर्षपूर्ण जित निकालेको टोटेनहम शीर्षस्थानमा



पहिलोपोस्ट

केनको गोलमा संघर्षपूर्ण जित निकालेको टोटेनहम शीर्षस्थानमा
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्सपरले वुल्भ्समाथि संघर्षपूर्ण जित निकालेको छ। टोटेनहमले घरेलु मैदानमा वुल्भ्समाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीलाई जित दिलाउन ह्यारी केनले निर्णायक गोल गरे। उनले खेलको ६४ औं मिनेटमा पेरिसिकको पासमा निर्णायक गोल गरे। टोटेनहमका लागि उनको यो २५० औं गोल हो।

आजको खेलमा जित निकालेसँगै तीन खेलबाट ७ अंक जोडेको टोटेनहम शीर्षस्थानमा उक्लिएको छ। वुल्भ्स भने १ अंक जोडेर १६ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell