PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता: पुरुषतर्फ आर्मी र महिलातर्फ ललितपुर हाइलाई उपाधि



पहिलोपोस्ट

राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता: पुरुषतर्फ आर्मी र महिलातर्फ ललितपुर हाइलाई उपाधि
प्रथम राष्ट्रिय खुला बास्केटबल उपाधि विजेता ललितपुर हाइ महिला टोली जितपछि सामूहिक तस्वीर खिचाउँदै। तस्बिर: राखेप

काठमाडौं: नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने।

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्‍यो। आर्मीका आयुश सिंहले १९ अंक जोडे। पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको आर्मी दोश्रोमा २५–२६ ले पछि पर्‍यो। बाँकी दुई क्वाटर आफ्नो पक्षमा पार्दै आर्मीले उपाधि सुनिश्चित गर्‍यो। आर्मीले तेश्रोमा २०–१३ र चौथोमा २२–१८ को प्रदर्शन गर्‍यो। उपाधिसँगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने रोयलले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो।

महिलाको रोमाञ्चक उपाधि भिडन्तमा ललिपतुरले आयोजक नखिपोटलाई ३७–३५ को झिनो अन्तरले हरायो। ललितपुरकी अस्मिता थापाले १५ अंक जोडिन्।

पहिलो क्वाटरमा ललितपुरले ९–८ को सामान्य अग्रता लियो। दोश्रो क्वाटरमा नखिपोटले ११–५ को अग्रता लिदै मध्यान्तरसम्म समग्रमा ५ अंकले अगाडि रह्यो। तेश्रो क्वाटरको खेलमा ललितपुरले १४–६ को प्रदर्शन गर्नु नै जितको मुख्य आधार बन्यो। चौथो क्वाटरमा नखिपोटले १०–९ को अग्रता हासिल गरेपनि समग्रमा २ अंकले उपाधि गुमायो। ललितपुरले ३० तथा नखिपोटले १५ हजार नगद पुरस्कार पाए।

पुरुषमा आर्मीका आयुश सिंह तथा महिलामा ललितपुरकी अस्मिता थापा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। दुवैले जनही ५ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरे।

विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल संघका महासचिव नेरेन्द्र थापा, नखिपोट युथ क्लबका अध्यक्ष गंगा सुनवारलगायतले एक कार्यक्रमबीच पुस्कृत गरे।

साताव्यापी प्रतियोगिताको पुरुषमा १२ तथा महिलामा ४ टिम सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell