PahiloPost

Jun 15, 2025 | १ असार २०८२

गाडीको एउटै सिटमा बसेका यात्रुलाई नशा लाग्ने औषधी खुवाएर धनमाल लुट्ने पक्राउ



पहिलोपोस्ट

गाडीको एउटै सिटमा बसेका यात्रुलाई नशा लाग्ने औषधी खुवाएर धनमाल लुट्ने पक्राउ

काठमाडौं : सार्वजनिक सवारी साधनमासँगै यात्रा गरिरहेका यात्रुलाई बिस्कुट खान दिई बेहोस बनाई धनमाल चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-७ बस्ने ४९ वर्षीय राम बहादुर परियारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी साधन तथा यात्रुहरुलाई जाँच गर्ने क्रममा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ९७१५ नम्बरको बसमा सवार परियारले आफूसँगै सिटमा सवार यात्रुलाई बिस्कुटमा स्लिपिङ्ग ट्याब्लेट मिसाई खुवाई बेहोस बनाई धनामाल चोरी गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

साथै परियारको साथबाट ओरियो बिष्कुट ३ प्याकेट, घडी ४ थान, पर्स २ थान,  एटिएम कार्ड २ थान, नगद १४ हजार ५ सय २० रूपैयाँ, सुनचाँदी पसलको बिल २ थान, मोबाइल ४ थान, र स्लिपिङ ट्याब्लेट (५ ट्याब्लेटसहित को पत्ता २ थान) प्रहरीले बरामद गरेको छ। 

उनी विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell