PahiloPost

Jun 15, 2025 | १ असार २०८२

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर



पहिलोपोस्ट

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन्।

‘कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ’, संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

कांग्रेस संसदीय दलले नेता गिरिको स्वास्थ्य लाभको प्रार्थनासमेत गरेको छ।

भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको छ। भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो।

गिरिको स्वास्थ्य अवस्था बुझ्न शनिवार राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री बालकृष्ण खाण लगायत विभिन्न दलका नेताहरु मेडिसिटी पुगेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell