PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

देशको नेतृत्व गर्छु भन्नेहरु आर्थिक मोहबाट मुक्त हुनुपर्छ : धनराज गुरुङ



पहिलोपोस्ट

देशको नेतृत्व गर्छु भन्नेहरु आर्थिक मोहबाट मुक्त हुनुपर्छ : धनराज गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समाज र देशको नेतृत्व गर्छु भन्ने जो कोही आर्थिक मोहबाट मुक्त हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिको तेस्रो अधिवेशन तथा तीज विशेष कार्यक्रमको शनिवार पोखरामा उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अझै बदल्न नसकिएको विद्यमान अवस्थामा नेतृत्वमा जानेहरू पारदर्शी एवं जनउत्तरदायी बन्नुपर्ने बताएका हुन्।

देशका पूर्वपदाधिकारीका नाममा राज्यबाट लिइने सुविधा छोड्नुपर्ने बताउँदै उनले नेतृत्वमा इमान्दरिता र जिम्मेवारिता अपरिहार्य भएको बताए। उनले नेपाली राजनीतिमा सहमति, सहकार्य र एकताको भावनालाई अझै बलियो बनाउँदै देखिएका बिकृति, विसङ्गति अन्त्य गर्दै जानुपर्ने आवश्यकता रहेको समेत बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell