PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कोसी नहरमा बेवारिसे शव फेला



पहिलोपोस्ट

कोसी नहरमा बेवारिसे शव फेला

काठमाडौं : सप्तरीमा आज एक बेवारिसे शव फेला परेको छ। तिलाठी कोइलाडी गाउँपालिका-८ तोपा र राजविराज नगरपालिका-१४ पर्साहीको बीचमा कोसी नहरमा पुरुषको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

कोसी नहरको १३ नम्बर गेटको उत्तरबाट पहिलो ढोकामा नाम, थर ठेगाना नखुलेको एक व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

शव परीक्षण र सनाखतका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा शव राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell