PahiloPost

Jun 15, 2025 | १ असार २०८२

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन



पहिलोपोस्ट

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ।  ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको थियो। भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो।

गिरि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिरहाको क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। गान्धीवादी नेताका रुपमा परिचित गिरिलाई कांग्रेसका प्रखर नेताका रुपमा समेत लिने गरिन्थ्यो।

प्रधानमन्त्री शेर बहादुर देउवाले गिरिकाे निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन्। गिरिको देहावसानले  नेपालले सच्चा र असल नेता गुमाएको देउवाले उल्लेख गरेका छन्।्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell