PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

आर्सनलको सहज जित



पहिलोपोस्ट

आर्सनलको सहज जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले बर्नेमाउथमाथि जित निकालेको छ। डिन कोर्ट स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बर्नेमाउथमाथि आर्सनलले ३-० गोलको सहज जित निकालेको हो।

आर्सनलको जितमा मार्टिन ओडेगार्डले दोहोरो गोल गर्दा विलियम सालिबाले एक गोल थपे। खेलको पाँचौं मिनेटमै आर्सनललाई अग्रता दिलाएका ओडेगार्डले दोस्रो गोल ११ औं मिनेटमा गाब्रियल जिससको पासमा गरे। पहिलो हाफमा दुई गोलले अग्रता बनाएको आर्सनलका लागि तेस्रो गोल ग्रानिस साकाको पासमा ५४ औं मिनेटमा साइबाले गरे।

यो सँगै प्रिमियर लिगको जारी सिजनमा सुरुवाती तीन खेलमा लगातार जित निकाल्ने आर्सनल एकमात्र टोली बनेको छ। ९ अंक जोडेको आर्सनल शीर्षस्थानमा छ।

त्यस्तै गएराति नै सम्पन्न अन्य खेलहरुमा टोटेनहम हट्स्परले वुल्भ्सलाई १-० गोलअन्तरले हराउँदा क्रिस्टल प्यालेसले एस्टोन भिल्लालाई ३-१, फुलहमले ब्रेन्टफोर्डलाई ३-२, साउथ ह्याम्टनले लेस्टर सिटीलाई २-१ गोलअन्तरले हराए। त्यस्तै एभर्टन र नटिङ्घम फरेस्ट १-१ गोलको बराबरीमा रोकिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell