PahiloPost

Jun 15, 2025 | १ असार २०८२

विमानबाट ब्राउनसुगर काठमाडौं ल्याउन लाग्दा नेपालगंजबाट एकजना पक्राउ



पहिलोपोस्ट

विमानबाट ब्राउनसुगर काठमाडौं ल्याउन लाग्दा नेपालगंजबाट एकजना पक्राउ

काठमाडौं : नेपालगंजबाट काठमाडौँ ल्याउन लागिएको ठूलो मात्राको लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगंज विमानस्थलबाट लागुऔषध ‘ब्राउनसुगर’सहित कोहलपुरका रोहन शाहलाई शनिवार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

नेपालगंजबाट काठमाडौँ जान लागेको जहाजबाट लागुऔषध ब्राउनसुगर लैजान लागिएको गोप्य सूचना पाएको प्रहरीले रोहनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। विमानस्थलको यात्रु कक्षमा आराम गरिरहेका बाँके कोहलपुर नगरपालिका-११ बस्ने २५ वर्षीय रोहन शाहलाई ६४ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रनाउ घर्तीले बताए।

उनी नेपालगंजबाट काठमाडौँ यति एयरको जहाजबाट आउँदै थिए। दुई प्लास्टिकको पोकामा राखेको उक्त ब्राउनसुगरसहित पक्राउ परेका रोहनमाथि आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell