PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

आजको मौसम : देशभर सामान्य बदली



पहिलोपोस्ट

आजको मौसम : देशभर सामान्य बदली

काठमाडौं : आइतवार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा अहिले मेघ गर्जन र चट्याङ्सहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ। दिउँसो देशका पहाडी भू-भागका केहि स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राती वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell