PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

गिरिको निधन : आजको प्रतिनिधिसभा बैठक स्थगित



पहिलोपोस्ट

गिरिको निधन : आजको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : आजको लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण आज ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो।

गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। सोमबार पनि शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुनेछ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक शोक विज्ञप्ति प्रकाशित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

गिरिको शनिवार राति ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटि अस्पतालमा निधन भएको थियो। आज गिरिको पार्थिक शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसपछि पशुपतिमा गिरिको अन्त्येष्टि गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell