PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

चेतनशील राजनीतिकर्मी गिरिको निधनले मर्माहित छु : ओली



पहिलोपोस्ट

चेतनशील राजनीतिकर्मी गिरिको निधनले मर्माहित छु : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनले आफू मर्माहित भएको बताएका छन्।

गिरिको शनिवार उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो।

आइतवार बिहान ट्वीट गर्दै ओलीले चिन्तनशील राजनीतिकर्मी गिरिको निधनबाट मर्माहत भएको बताएका हुन्। उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

आज गिरिको पार्थिक शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसपछि पशुपतिमा गिरिको अन्त्येष्टि गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell