PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

वरिष्ठ समाजवादी चिन्तक गिरिको निधनले स्तब्ध छु : प्रचण्ड



पहिलोपोस्ट

वरिष्ठ समाजवादी चिन्तक गिरिको निधनले स्तब्ध छु : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनले आफू स्तब्ध भएको बताएका छन्।

गिरिको शनिवार उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो।

आइतवार बिहान ट्वीट गर्दै प्रचण्डले गिरि एक वरिष्ठ समाजवादी चिन्तक रहेको उल्लेख गरेका छन्। उनले गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

आज गिरिको पार्थिक शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसपछि पशुपतिमा गिरिको अन्त्येष्टि गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell