PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रमुख निर्वाचन आयुक्तले खोजे निर्वाचनमा सुरक्षा प्रत्याभूति, ‘चुनावको तयारीका लागि पर्याप्त समय पाएनौं’



प्रकाश भण्डारी

प्रमुख निर्वाचन आयुक्तले खोजे निर्वाचनमा सुरक्षा प्रत्याभूति, ‘चुनावको तयारीका लागि पर्याप्त समय पाएनौं’

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाएको बताएका छन्।

आज ललितपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले समय अपुग भएको बताएका हुन्। सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरेको छ।

आयोगले बारम्बार सरकारलाई छिटो मिति घोषणा गर्न अनुरोध गरे पनि सरकारले गत साउन ५ गते निर्वाचनको मिति तय गरेको थियो।

थपलियाले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको बताए।

‘यसले निर्वाचन खर्च घट्छ। लामो समय अल्मँलिदा लोकतन्त्रमा असर गर्छ। यसले गतिहीनता रोक्न भनेर पनि हो,’ उनले भने।

थपलियालले सरकारसँग सुरक्षाको प्रत्याभूति खोजेको पनि बताए।

‘सुरक्षा अभावका कारण निर्वाचन बिथोलियो भन ग्राहय हुँदैन, त्यस‌को प्रत्याभूति हामीले खाजेका छौं,’ उनले भने।

उनले निर्वाचन बिथोल्नेलाई ठाउँका ठाउँ कारवही गने नसक्दा त्यस्ता तत्वहरुको मनोबल बढ्दै गएको समेत बताए।

‘एक ठाउँमा पनि दोस्रो पटक निर्वाचन गर्नुपर्ने अवस्था नआओस्,’ उनले भने।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा केही स्थानहरुमा निर्वाचन बिथोलिएको थियो। मतदान केन्द्रहरुमा हिंसात्मक झडप हुँदा फेरि निर्वाचन प्रक्रिया सुरु गर्नुपरेको थियो। थपलियालले यही घटनाप्रति इंगित गर्दै सुरक्षाको प्रत्याभूति मागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell