PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सांसद गिरिको निधनमा सिरहाको लहान नगरपालिकामा आज शोक बिदा



रासस

सांसद गिरिको निधनमा सिरहाको लहान नगरपालिकामा आज शोक बिदा

जनकपुरधामः नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ। लहान नगर प्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए।

लहान–१० निवासी गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो। उनको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ।

समाजवादी चिन्तक गिरी गत २०७४ सालको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell