PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन मन्त्रीदेखि नेतासम्म मेडिसिटी पुगे

प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन मन्त्रीदेखि नेतासम्म मेडिसिटी पुगे

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली काङ्ग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका नेताहरु ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेका छन्।

पूर्व राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री जनार्दन शर्मा, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, कांग्रेसका महामन्त्री गगन थापालगायतका नेताहरु मेडिसिटी पुगेका हुन्। गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक अहिले भेला भएका छन्।

गृहमन्त्री बालकृष्ण खाण, काङ्ग्रेस नेताहरु रामचन्द्र पौडेल, डा शेखर कोइराला, महामन्त्री गगन कुमार थापा, केन्द्रीय सदस्य उदय शम्शेर राणालगायत अस्पताल पुगेर श्रद्धाञ्जली अर्पण गरिसकेका छन्।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरिको अस्पतालमै शनिवार राति ९.३० बजे निधन भएको थियो।

स्वर्गिय गिरिको पार्थिव शरीर अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिएको र बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell