PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

आज सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ



पहिलोपोस्ट

आज सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपनि स्थानीय बजारमा स्थिर छ। आइतवार कारोबार मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत साता प्रतितोला ९७ हजार ८ सय रुपैयाँबाट लगातार घटेर उक्त मूल्यमा आइपुगेको थियो। चाँदीको मूल्य आइतवार तोलामा १५ रुपैयाँले घटेको छ। कारोबार मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ। गत शुक्रवार चाँदी तोलामा १० रुपैयाँ घट्दा प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतवार सुनको मूल्य थोरै घटेको छ। गत शुक्रवार प्रतिऔंस १७५२.९२ डलर रहेको सुन घट्दै १७४७.६० डलरमा कारोबार भइरहेको छ। चाँदी पनि घटेको छ। गत साताको अन्तिम दिन १९.३२ डलर रहेको चाँदी आइतवार प्रतिऔंस १९.०६ डलर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell