PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

१ किलो सुनसहित विमानस्थलबाट भारतीय युवक समातिए : अस्पताल लगेर एक्स-रे गराउँदा पेटभित्र देखिएको थियो ‘शंकास्पद’ बस्तु



पहिलोपोस्ट

१ किलो सुनसहित विमानस्थलबाट भारतीय युवक समातिए : अस्पताल लगेर एक्स-रे गराउँदा पेटभित्र देखिएको थियो ‘शंकास्पद’ बस्तु

काठमाडौं : अवैध रूपमा ल्याएको सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

करिब १ किलो सुनसहित भारतीय नागरिक ३१ वर्षीय राहुल रेमानानलाई शनिवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई काठमाडौं मेडिकल कलेजमा एक्स-रे गराउँदा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो।

उनलाई पुन: प्रहरी वृत्त गौशालामा लगि शौच गराउने क्रममा मलद्वारबाट बेलनाकारको सुनजस्तो देखिने अर्धठोस वस्तुको चार वटा पोका फेला परेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell