PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक किशोर समातिए



पहिलोपोस्ट

६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक किशोर समातिए

काठमाडौं : झापामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ।

बारा घर भई कन्काई नगरपालिका-४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। सामहम्दले ती बालिकालाई शुक्रवार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेपछि ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell