PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

लगातार तीन फिल्म फ्लप भएपछि अक्षयकुमार भन्छन्- सबै मेरै गल्ती हो



पहिलोपोस्ट

लगातार तीन फिल्म फ्लप भएपछि अक्षयकुमार भन्छन्- सबै मेरै गल्ती हो

पछिल्लो समय बलिउड फिल्म फ्लप हुने क्रम बढ्दो छ। ठूला बजेटका फिल्महरूले पनि  लगानी उठाउन नसकिरहेको अवस्था छ। ११ अगस्टमा रिलिज भएको अक्षयकुमारको फिल्म 'रक्षाबन्धन'  बक्सअफिसमा कमजोर साबित भएको छ। यस फिल्मले हालसम्म ४० करोड भारतीय रूपैयाँ मात्रै व्यापार गरेको छ।

'रक्षाबन्धन' मात्रै होइन यसैवर्ष प्रदर्शनमा आएका अक्षयकुमारका फिल्महरू 'बच्चन पाण्डे' र 'सम्राट पृथ्वीराज' समेत फ्लप भए। रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ रिलिजपछि अक्षयको जादु चल्न छोडेको छ। 

यसैबिच, अक्षयकुमारले लगातार आफ्ना फिल्महरू फ्लप हुनुबारे बोलेका छन्। हालै, अक्षयकुमारको आउँदो फिल्म 'कठपुतली' को ट्रेलर रिलिज कार्यक्रम भएको थियो। जसमा उनलाई किन तपाईँका लगातार फिल्महरु फ्लप भइरहेका छन् भनि प्रश्न सोधिएको थियो। जवाफमा अक्षयले‍ फिल्म नचल्नुमा आफ्नै दोष रहेको बताएका छन्।

अक्षयले दर्शकको कस्ता फिल्महरू मन पराउँछन् भनि बुझ्नुपर्ने तर्क राखेका छन।  ‘फिल्म चल्दैनन्, यो हाम्रो गल्ती हो, मेरो गल्ती हो। अब मैले परिवर्तन गर्ने बेला आएको छ, दर्शकले के चाहन्छन् भन्ने बुझ्नुपर्छ। फिल्म असफल हुनुमा म बाहेक अरु कसैलाई दोष दिन मिल्दैन', उनले भने।

अक्षय कुमार र रकुल प्रीत सिंह अभिनित फिल्म ‘कठपुतली’ आगामी २ सेप्टेम्वरमा ओटीटी प्लेटफर्म डिज्री प्लस हटस्टारमा रिलिज हुँदैछ।
रञ्जित तिवारी निर्देशित यो फिल्म सन् २०१८ मा रिलिज भएको तमिल फिल्म 'रतनसन' को रिमेक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell