PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

नेता गिरिको सम्मानमा काङ्ग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने



पहिलोपोस्ट

नेता गिरिको सम्मानमा काङ्ग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं : नेपाली काङ्ग्रेसले नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ। आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केद्रीय समितिको आकस्मिक बैठकले शोकाकुल परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ।

दिवंगत नेता गिरिप्रति उच्च सम्मान प्रकट गर्दै काङ्ग्रेसले शोक कार्यक्रम पनि निर्धारण गरेको छ। जसअन्तर्गत भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक
पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय बैठकले गरेको छ।

त्यस्तै, भदौ ६ गते सोमवारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने निर्णय समेत गरेको छ। स्वर्गारोहणको १३औँ दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र सो दिन केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने कार्यक्रम तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell