PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

मादकपदार्थ सेवनपछि झगडा हुँदा एकजनाको हत्या, तीनजना पक्राउ



पहिलोपोस्ट

मादकपदार्थ सेवनपछि झगडा हुँदा एकजनाको हत्या, तीनजना पक्राउ

काठमाडौं : ‍नेपाल प्रहरीले ज्यानसम्बन्धी कसूरमा तीन जनालाई पक्राउ गरेको छ।

बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका-८ घर भई काठमाडौँ महानगरपालिका-६स्थित महाङ्काल बस्ने २६ वर्षीय मनोज राईको हत्यामा संलग्न तीनजनालाई गए राति पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भोजपुर हतुवागढी गाउँपालिका-९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका छन्।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियुक्तहरुले मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा राईको हत्या हुन पुगेको जानकारी दिए। शनिबार राति  ९:३० बजे भएको सो घटनामा प्रहरीले  संलग्नलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको थियो। पक्राउ परेकाहरुका सम्बन्धमा बौद्ध प्रहरी वृत्तबाट थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell