PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

मकवानपुरमा दुई महिलालाई खोलाले बगायो : एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता



पहिलोपोस्ट

मकवानपुरमा दुई महिलालाई खोलाले बगायो : एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-१० स्थित मनहरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता भएकी छन्।

शनिवार मनहरी बजारबाट सामान खरिद गरी घर फर्कने क्रममा साँझ करिब ६ बजे कैलाश-१० की ४० वर्षीय माइलीमाया जिम्बा र ३० वर्षीया सन्चमाया प्रजालाई खोलाले बगाएको हो।

खोलाले बगाएर बेपत्ता भएकामध्ये ३० वर्षीया सञ्चमायाको शव फेला परेको छ। उनको शव कैलाश-९ स्थित खोला किनारमा भेटिएको प्रहरी चौकी नामटारका प्रहरी हवल्दार उमेश कुमार पाशवानले जानकारी दिए।

भर्खरै मात्र शव फेला पारी मुचुल्का तयार पार्ने काम भइरहेको र अर्की बेपत्ता माइलीमायाको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell