PahiloPost

Oct 18, 2024 | २ कात्तिक २०८१

काङ्ग्रेस नेता गिरिको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

काङ्ग्रेस नेता गिरिको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली काङ्ग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। दाहसंस्कारअघि आर्यघाटमा अन्तिम बिदाइ गरिएको थियो भने प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए।

आर्यघाटमा अन्तिम बिदाईको लागि प्रधानमन्त्री देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु पुगेका थिए।

आर्यघाट लैजानुअघि गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि सानेपास्थित काङ्ग्रेस पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरिको अस्पतालमै शनिवार राति ९:३० बजे निधन भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell