PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

थपिए २८६ जना कोरोनाका संक्रमित, संक्रिय संक्रमितको संख्या ४ हजार ३४८



पहिलोपोस्ट

थपिए २८६ जना कोरोनाका संक्रमित, संक्रिय संक्रमितको संख्या ४ हजार ३४८

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ८६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ४२३ जनामा परीक्षण गर्दा २ सय ८६ जनामा संक्रमण देखिएको हो।

१ हजार ८१६ पीसीआर परीक्षण गरिएकोमध्ये २०२ जनामा र १ हजार ६०७ एन्टीजेन परीक्षण गरिएकोमा ८४ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ४ सय ७९ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ४८ रहेको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell