PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

चुनावका लागि निर्वाचन आयोगले माग्यो झन्डै ११ अर्ब बजेट, कुन शीर्षकमा कति माग?



पहिलोपोस्ट

चुनावका लागि निर्वाचन आयोगले माग्यो झन्डै ११ अर्ब बजेट, कुन शीर्षकमा कति माग?

काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि झन्डै ११ अर्ब रुपैयाँ माग गरेको छ। आयोगले आइतबार अर्थ मन्त्रालयसँग बजेट माग गरेको हो। निर्वाचनका लागि कूल १० अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बजेट माग गरेको हो।

आयोगले निर्वाचन सामाग्री व्यवस्थापनमा दुई अर्ब तीन करोड २३ लाख रुपैयाँ माग गरेको छ। यस्तै, कानुन तथा राजनीतिक दल व्यवस्थापनको खर्चमा दुई करोड चार लाख रुपैयाँ माग गरेको छ। आयोगका अनुसार अनुगमन तथा वैदेशिक सम्बन्ध सम्बन्धी खर्चका लागि ११ करोड पाँच लाख ५३ हजार, मतदाता नामावली र निर्वाचन सञ्चालन खर्चमा ५५ करोड एक लाख २० हजार रुपैयाँ माग गरेको छ। 

आयोगले सूचना प्रविधि व्यवस्थापनमा ६३ करोड २४ लाख ५० हजार, निर्वाचन शिक्षा सूचना तथा तालिमका लागि ६९ करो.ड ९३ लाख ६४ हजार पाँच सय रुपैयाँ बजेट माग गरेको छ। 

मतदान अधिकृतको कार्यालय व्यवस्थापन र जनशक्ति परिचालनका लागि सबैभन्दा बढी बजेट आयोगले माग गरेको छ। जसमा ६ अर्ब दुई करोड ९३ लाख २० हजार रुपैयाँ बजेट आयोगले अर्थसँग माग गरेको छ। 

निर्वाचन आयोग र कार्यालयहरुको प्रशासनिक खर्चका लागि आयोगले ८९ करोड ४८ लाख ६३ हजार रुपैयाँ माग गरिएको छ। निर्वाचन समीक्षा र प्रतिवेदनका लागि दुई करोड पाँच लाख रुपैयाँ बजेट माग भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell