PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

परवानीपुरमा भारतीय ट्याङ्करबाट १७२ किलो गाँजा बरामद, चालक नियन्त्रणमा



पहिलोपोस्ट

परवानीपुरमा भारतीय ट्याङ्करबाट १७२ किलो गाँजा बरामद, चालक नियन्त्रणमा

वीरगंजः नेपालबाट भारत जाँदै गरेको भारतीय ट्याङ्करबाट १७२ किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको छ। नितनपुरबाट परवानीपुर हुँदै आइसिपी नाका भएर भारत फर्किरहेको डब्लुबी ११ इ ९०३३ नम्बरको इन्धन ढुवानी गर्ने भारतीय ट्याङ्करबाट ४६ पोकामा रहेको उक्त गाँजा बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

आइतबार बिहान २ बजे पूर्व सूचनाको अधारमा उक्त ट्याङ्करलाई चेकजाँच गर्दा लुकाइएको गाँजा बरामद भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी प्रहलाद कार्कीले बताए। प्रहरीले ट्याङ्कर र चालक लालबिहारी यादवलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell