भारतबाट चोरी गरेर लगिएको ऐतिहासिक महत्वको कलाकृति र मूर्तिहरु बेलायतले फिर्ता गर्ने भएको छ। ग्लास्गो संग्रहालयमा राखिएका मूर्तिहरु फिर्ता गर्ने विषयमा बेलायतस्थित भारतीय दूतावास र केलविनग्रोव आर्ट ग्यालेरी एन्ड म्यूजियमबिच सहमति भएको हो।
फिर्ता गरिने मूर्तिहरु भारतको कानपुर, कोलकता, ग्वालियर, बिहार र हैदरावादबाट ल्याइएका थिए। केही मूर्तिहरु एक हजार वर्ष पुरानो रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
मूर्ति फिर्ता गर्ने सहमतिसँगै बेलायतबाट यसरी पहिलोपटक मूर्तिहरु भारत फिर्ता हुँदैछन्। अब बेलायतमा रहेका अन्य भारतीय मर्ति र कलाकृति फिर्ता ल्याउन प्रक्रिया पनि अघि बढ्ने बताइएको छ।
बेलायतबाट फिर्ता हुन लागेका मूर्तिहरुमा ११ र १४ औं शताब्दीको ढुंगाले बनाइएको मूर्ति छन्। १९ औं शताब्दीमा ती मूर्तिहरु चोरी गरिएको थियो। भारत फिर्ता ल्याउन लागिएको कलाकृतिमा टीपू सुल्तानको एउटा तरबार पनि रहेको छ।