PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

निहारिकाले तोडिन् अनसन : डिएनए टेस्टका लागि सरकारी वकिलले अदालतमा माग गर्ने सहमति



पहिलोपोस्ट

निहारिकाले तोडिन् अनसन : डिएनए टेस्टका लागि सरकारी वकिलले अदालतमा माग गर्ने सहमति

काठमाडौं : निहारिका राजपूतले अनसन तोडेकी छिन्। शिवराज श्रेष्ठको डिएनए परीक्षण गराउन कानुनी प्रक्रिया अघि बढाउ सरकारसँग सहमति गरेसँगै उनले आइतवार राति अनसन तोडेकी हुन्।

धनुषाकी निहारिकाले शिवराज श्रेष्ठले आफूहरुलाई बलात्कार गरेको भन्दै बच्चाको डिएनए परीक्षणको माग गर्दै आएकी छिन्। आइतवार कानुन मन्त्री गोविन्द प्रसाद कोइरालाको उपस्थितिमा भएको सहमतिमा निहारिकाको माग अनुसार उच्च अदालत जनकपुरमा विचाराधिन मुद्दामा डिएनए परीक्षण गर्न सरकारी वकिलले माग गर्ने, परीक्षणलाई विश्वस्नीय बनाउन अदालत समक्ष आवश्यक प्रक्रिया अपनाउन आग्रह गर्ने र अनसन तोड्ने उल्लेख छ।

निहारिकाले राष्ट्रपति भवन बाहिर आत्मदाहको प्रयास गरेकी थिइन्। त्यसपछि प्रहरीले उनलाई अस्पताल पुर्‍याएको थियो। निहारिकाले अस्पतालमा नै १७ दिनदेखि अनसन बस्दै आएकी थिइन्।

यसअघि पनि उनी अनसन बसेकी थिइन्। बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाँडको हातबाट जुस खाएर अनसन तोडेपनि आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै उनले प्रश्न उठाउँदै आएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell