PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

गिरिको निधन : प्रतिनिधिसभा बैठकमा आज शोक प्रस्ताव पेस हुँदै



पहिलोपोस्ट

गिरिको निधन : प्रतिनिधिसभा बैठकमा आज शोक प्रस्ताव पेस हुँदै

काठमाडौं : आज प्रतिनिधिसभा बैठक बस्दैछ। आजको बैठकमा सभामुख अग्नि सापकोटाले नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पेस गर्नेछन्।

गिरिको शनिवार राति ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटि अस्पतालमा निधन भएको थियो। गिरिको आइतवार पशुपतिमा अन्त्येष्टि गरिएको थियो।

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण आइतवार ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो। आजको बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ।

गिरि विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भइ संविधान निर्माणको जिम्मेवारीमा संलग्न थिए।

यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए। गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका थिए। गान्धीवादी नेताका रुपमा परिचित गिरिलाई कांग्रेसका प्रखर नेताका रुपमा समेत लिने गरिन्थ्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell