PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

गिरिको निधनमा आज कल्याणपुर नगरपालिकामा शोक बिदा



पहिलोपोस्ट

गिरिको निधनमा आज कल्याणपुर नगरपालिकामा शोक बिदा

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ। कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ।

लहान नगरपालिका-१४ निवासी गिरिको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो।

भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो। उनको शनिबार राति उपचारकै क्रममा निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell