PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

भारतबाट पेस्तोल बोकेर ल्याउने युवक समातिए, उनैको बयानको आधारमा हतियार मगाउने पनि प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

भारतबाट पेस्तोल बोकेर ल्याउने युवक समातिए, उनैको बयानको आधारमा हतियार मगाउने पनि प्रहरी नियन्त्रणमा

काठमाडौं : पेस्तोलसहित सशस्त्र प्रहरीले  एक युवकलाई नियन्त्रणमा लिएको छ।

मोरङको सुनवर्षी नगरपालिका-८ खरेवारी सीमा ईलाकाबाट सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको हो। को २७ प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी सिक्टीले एउटा अटोमेटिक चाइनिज पेस्तोल, सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो।

आलमले उक्त पेस्तोल उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षीय नविन धिमालले मगाएको भनि दिएको बयानको आधारमा धिमाललाई पनि रतुवामाई नगरपालिका-८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ। धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाइकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोबाइल सेट समेत बरामद भएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्याग्जिन, गोली, मोटरसाईकल, रुपैयाँ र मोबाइलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा बुझाइएको छ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बीओपी बनैनियाले सोही दिन सप्तरीको राजगढ नगरपालिका-२ बनैनिया सीमा ईलाकाबाट एउटा कटुवा पेस्तोल तथा सोको एउटा गोली बरामद गरेको थियो।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनीहरुले बोकेको शंकास्पद वस्तु छाडी फरार भएपछि सो बस्तु जाँच गर्दा उक्त पेस्तोल तथा गोली बरामद गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell