PahiloPost

Jan 27, 2026 | १४ माघ २०८२

१२ वटा बोर जातका बोका किन्दै सरकार



पहिलोपोस्ट

१२ वटा बोर जातका बोका किन्दै सरकार

काठमाडौं : सरकारले १२ वटा बोर बाख्राको पाठा (बोका) खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ।

राष्ट्रिय बाख्रा अनुसन्धान परिषद्ले सोमवार सिलबन्दी बोलपत्र आह्वान गर्दै १२ वटा बोका खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो। सक्षम र इच्छुक आपूर्तिकर्ताले बोका सरकारलाई उपलब्ध गराउन सक्नेछन्। यसका लागि ३० दिनभित्र आवेदन दिन सकिन्छ।

बोर जातको बोका अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिकामध्ये एक देशको हुनु पर्ने सर्तमै राखिएको छ। इच्छुकले तत्काल धरौटीबापत १ लाख ३० हजार जम्मा गर्नुपर्छ।

कति रुपैयाँसम्ममा बोका उपलब्ध गराउने हो त्यसको विस्तृत जानकारी गराएर आवेदन दिनु पर्ने हुन्छ। यो बोकाको मूल्य एउटैको पाँच लाख रुपैयाँसम्म पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell