PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

काठमाडौं महानगरपालिका नगर प्रहरीको कमाण्ड राजुनाथ पाण्डेको काँधमा, यसअघिका प्रहरी प्रमुख धनपति प्रशासनमा



पहिलोपोस्ट

काठमाडौं महानगरपालिका नगर प्रहरीको कमाण्ड राजुनाथ पाण्डेको काँधमा, यसअघिका प्रहरी प्रमुख धनपति प्रशासनमा

काठमाडौं : काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जिम्मेवारी पाएका छन्।

भदौ २ गतेको निर्णयले उनलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो। आइतवार नै पाण्डेले जिम्मेवारी सम्हालेका छन्। जिम्मेवारी सम्हाले लगत्तै उनले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई बिफ्रिङ गरेका थिए।

पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका हुन्। २०७७ मा उनी नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएका थिए। २०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन - २०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उनको पदोन्नति भएको थियो। त्यस ऐनबाट महानगरमा कार्यरत १५ सय ५० कर्मचारीहरुको १ तह माथिको पदमा समायोजन भएको थियो।

महानगरमा ५ जना उपरीक्षक छन्। यस अघिका प्रहरी प्रमुख धनपति सापकोटालाई प्रशासनको जिम्मेवारी दिइएको छ। उनी लामो समयसम्म प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell