PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक वृद्ध मृत फेला, गैँडाले आक्रमण गरेको हुन सक्ने अनुमान



रासस

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक वृद्ध मृत फेला, गैँडाले आक्रमण गरेको हुन सक्ने अनुमान

चितवन : माडी नगरपालिका-३ का एक वृद्ध चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्। ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन्।

आइतवार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो। शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट उनको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए।

वडा नम्बर ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell