PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

खाजामा लठ्याउने ‍औषधि खुवाएर ८० वर्षीय वृद्धको औँठी चोरी गर्ने महिला पक्राउ, वृद्धको अस्पतालमा उपचार हुँदै



पहिलोपोस्ट

खाजामा लठ्याउने ‍औषधि खुवाएर ८० वर्षीय वृद्धको औँठी चोरी गर्ने महिला पक्राउ, वृद्धको अस्पतालमा उपचार हुँदै

काठमाडौं : चोरी गरेको अभियोगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।

भोजपुर घर भई गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बस्ने ८० वर्षीय वृद्धको आधा तोलाको सुनको औँठी चोरी गरेको अभियोगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको हो। जोरपाटीस्थित अत्तरखेलमा खाजा घर सञ्चालन गर्दै आएकी ५५ वर्षीया निमा लिम्बुलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

निमाले ती वृद्धलाई खाजा घरमा नाम नखुलेको लठ्याउने औषधि खुवाई बेहोस बनाएर उनको सुनको औँठी चोरी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। ती वृद्धको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell