PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

सुनको मूल्य घट्यो, ९५ हजार ३ सय रुपैयाँ कायम



पहिलोपोस्ट

सुनको मूल्य घट्यो, ९५ हजार ३ सय रुपैयाँ कायम

काठमाडौं : साताको पहिलो दिन स्थिर रहेको सुनको मूल्य पुन: घटेको छ। सोमवार सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतवार सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य सोमवार तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार एक सय ६५ रुपैयाँ कायम भएको छ। आइतवार पनि चाँदी तोलामा १५ रुपैयाँले घट्दै प्रतितोला एक हजार एक सय ७० रुपैयाँ रहेको थियो।

यति बेला बजारमा तिज लागेकोले सुनको मागसँगै कारोबार पनि उल्लेख्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार हाल दैनिक ३० केजीभन्दा बढी सुनको माग रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दो क्रममा छ। सोमवार सुन प्रतिऔंस १७४४.८२ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.०५ डलर छ। आइतवार सुन प्रतिऔंस १७४७.६० डलर र चाँदी प्रतिऔंस १९.०६ डलरमा कारोबार भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell